Banner
Banner

 


पछिल्लो समय युवा पुस्ताका ढुकढुकी समेत रहेका मनोजले युवाहरुका भलाई र उन्नति प्रगतिका लागि विभिन्न किसिमका क्रियाकलाप गर्दै आईरहेकाछन १राष्ट्रिय युवा संघ बाँके का उपाध्यक्ष समेत रहेका उनको बाँकेका थुप्रै प्रकारका युवालक्षित कार्यक्रममा सहभागीता रहेको हुन्छ ।

आसन्न स्थानिय चुनाब मा आफुले पनि उम्मेदवारी दिने संकेत गरेका उनको युवा पुस्ता देखि सबै जनतामा राम्रो क्रेज रहेको छ । बिगत लामो समय देखि युवा संघमा राजनीति गर्दै आईरहेका मनोजको युवाहरु मात्र नभैइ समाजका नजरमा पर्न सफल भएका छन । दयालु ,समाजसेवी, तथा निडर स्वभावका उनी युवाहरुका समस्या सामाधान गर्न  निरन्तर खटिरहेका हुन्छन ।

राज्यका हरेक निति निर्माण र कानुन निर्माण प्रक्रियामा युवाहरुको विशेष भुमिका हुनुपर्ने र युवाहरुले जोश जागर सहित कुशल भुमिका निभाउन सक्दछन । त्यसैले आउदो स्थानीय चुनाबमा आफुले पनि जनताको सेवक बनेर सेवा गर्ने संकेत गरेका छन । अबको सम्पुर्ण जिम्मेवार युवा पुस्ताको हुनुपर्छ । युवाहरु भनेका देशका सक्षम र कर्मठ ब्यक्तिहरु हुन ।

आसन्न स्थानीय चुनाब मा युवालक्षित नीति तथा कार्यक्रम ल्याईनुपर्छ, युवाहरुको कुशल नेतृत्वलाई प्रोत्साहन गर्न सक्नु पर्छ र अबसर दिए कुशल कार्य सम्पादन गर्न सक्ने भन्दै नेतृत्व पंक्तिलाई आग्रह समेत गरेका छन ।  

खजुरा गाउपालिका वडा नं ४ मा मनोज विस्वकर्मा युवाहरुको आशा भरोसाकाका रुपमा चिनिन्छन । परेको बेला जतिबेला जस्तो सुकै कठिन परिस्थितिमा पनि सहयोग गर्न सक्ने उनको निकै  लोभलाग्दो क्रेज रहेको छ ।

साथै उनले जनताका कामहरुलाई प्रभावकारी रुपमा गर्ने र जनचाहाना अनुरुप बिकासका कार्यलाई तिब्ररुपमा अगाडी बढाई समानुपातिक तबरले जनतालाई बिकास प्रत्याभूति गराउने समेत प्रतिबद्धता ब्यक्त गरेका छन । पछिल्लो समय राजनीतिमा निकै सक्रिय मनोज को पारिवारिक राजनीति पृष्ठभुमि पनि निकै गौरवपुर्ण छ ।  उहाँको बाजे (मामाघर) २००७ साल देखि कठोर राजतन्त्र बिरोधी थिए ।  

तत्कालीन राजतन्त्र बिरोधि थिए, फलस्वरूप तत्कालीन राजाले हजुरबुवालाई देश निकाला गरेका थिए । त्यही देश निकालाकै क्रममा उहाको पुजनिय आमाको जन्मपनी भारतको बहराइचमा भएको थियो ।

साथै उहाको घरको हजुरबुवा पनि २०२३ साल देखि २०३९ सालसम्म गाउँ पंचायतको सदस्य बनेर  समाजको नेतृत्व गर्नुभएको थियो । २०३९ साल देखि २०४३ साल सम्म बुवा देउमल सुनार  पंचायत सरकारको तत्कालिन बागेश्वरी गाबिसको वडाअध्यक्ष बनेर राजनीतिक नेतृत्व गर्नु भएको थियो ।

उहाँको बुवा हाल सम्मपनि समाजिक तथा राजनीतिक क्षेत्रतिर क्रियाशिल नै हुनुहुन्छ । पारिवारिक पृष्ठभुमि कै कारण उनी राजनीतिक नेतृत्वमा आएर आफ्नो हजुरबा,बुवाको कार्यलाई पुन आफुले सुरुवात गरेर देश जनताको सेवक बन्ने उहाको प्रबल ईच्छा रहेको छ ।