Banner
Banner

 

बर्दिया । ठाकुरबाबाको स्वास्थ्य संस्थालाइ किशोरकिशोरी मैत्री बनाउनमा किशोरकिशोरीहरुले जोड दिएका छन ।  ठाकुरबाबा आधारभुत स्वास्थ्य केन्द्र मोहनपुर वडा नं ७ को स्वास्थ्य संस्थाको किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य सेवाको गुणस्तर मापनका लागि अनुगमन तथा मुल्याकंन गरिएको हो ।

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९ को अनुगमन स्कोरकार्डको आधारमा किशोकिशोरीहरुले स्वस्थ्य संस्थाको गुणस्तर मापनका लागि अनुगमन मुल्याकंन गरेका हुन । अनुगमनमा शिवसुन्दर माध्यमिक बिद्यालयका एक दर्जन किशोरकिशोरीहरुले स्वास्थ्य संस्थामा गई १२ वटा सुचकलाइ आधारमानी मुल्याकंन कार्य गर्दा राम्रो नतिजा आएको स्वास्थ्य शाखा इन्चार्ज उषा कुमारी थारुले बताइन । 

अनुगमनका दौरान किशोरकिशोरीहरुले स्वास्थ्य संस्था ब्यवस्थापन समितिको बैठकमा  किशोरकिशोरीहरुको उपस्थिती गराउनुका साथै किशोरकिशोरीहरुको बिषयमा निर्णय गर्दा सल्लाहसुझाव लिनुपर्ने कुरामा जोड दिएका छन । किशोरकिशोरीहरुले अनुगमनका दौरान स्वास्थ्य संस्थाले सबै सुचक पुरा गरि राम्रो नतिजा प्राप्त गरेका निष्कर्ष रहेको बताएका छन ।  

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९ अनुसार किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा अंकित लोगो देखिने गरि राखिएको,  विगत ६ महिनाभित्र स्वास्थ्य संस्थाबाट किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको बारेमा विधालय वा समुदायमा अन्तरक्रिया कार्यक्रम गरेको, स्वास्थ्य संस्थामा सफा पिउने पानी, सफा चर्पी, स्वच्छ वातावरण र विधुत आपूर्ति रहेको, किशोरकिशोरीलाई सेवा प्रदान गर्दा अरुले देख्न, सुन्न नसक्ने गरी गोपनियता कायम राख्ने व्यवस्था भएको, स्वास्थ्यकर्मीहरुले किशोरकिशोरी मैत्री सेवा सम्बन्धी तालिम वा अभिमुखीकरण पाएको लगाएतका १२ वटा सुचक लिर्देशिकाले तय गरेको छ । 

स्वास्थ्य संस्थालाइ किशोरकिशोरी मैत्री संस्थाको रुपमा प्रमाणीकरणका लागि यसप्रकारको अनुगमन तथा मुल्याकंन कार्यक्रमले आगामी दिनहरुमा स्थानिय निकाय तथा स्वास्थ्य संस्थालाइ झगझगाउने काम हुने, साथै आगामी योजना बनाउन सहयोग हुने कुरामा ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाका बिष्णु प्रसाद ज्ञवालीले जोड दिनुभयो ।

कार्यक्रम भेरी वातावरणिय बिशिष्टता समुह (बि–ग्रुप) तथा प्लान नेपालको साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजनाले ठाकुबाबा नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था निर्माणका लागि सो अनुगमन तथा मुल्याकंन कार्यक्रमको सहजिकरण गरेको थियो । 

कार्यक्रममा बि–ग्रुपका प्राबिधिक संयोजक रामरुप कौशलले कार्यक्रमको सहजिकरण गरेका थिए भने कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कलम बहादुर बिष्ट, बि–ग्रुपका फिल्ड सुपरभाइजर माया खडका, बिमला रावत र दिर्घ थापाको  उपस्थिती रहेको थियो ।