Banner
Banner

 

नेपालगञ्ज । अनेरास्ववियु बाँकेको २०औं जिल्ला अधिबेशनबाट अध्यक्षमा प्रकाश बिश्वकर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ । साेमबार भएको अधिवेशनबाट बिश्वकर्माकाे नेतृत्वमा ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हाे ।

नेकपा (एमाले) काे भातृ संगठन अनेरास्ववियुकाे अधिवेशनबाट उपाध्यक्षमा अमृत खत्री र रोशन शाही, सचिवमा बिनय यादब, सह सचिवमा सिर्जना मल्ल, सर्जन आचार्य, कृष्ण चन्द, केशर शाही र कोषाध्यक्षमा बर्षा मल्ल चयन हुनु भएको छ । 

अनेरास्ववियु बाँकेका तत्कालिन जिल्ला कमिटी अध्यक्ष दिनेश केसी केन्द्रीय कमिटीमा निर्वाचित भएपछि करिब एक वर्षसम्म आयाेजक कमिटीको संयाेजक भएर नवनिर्वाचित अध्यक्ष विश्वकर्माले संगठनकाे नेतृत्व गर्दै आउनु भएको थियो ।

बाँके जिल्लामा विद्यार्थी राजनीतिमा क्रियाशील विश्वकर्मा अन्य विद्यार्थी संगठनकाे दाँजोमा अब्बल नेतृत्वकर्ताकाे रूपमा परिचित हुनुहुन्छ ।करिब एक वर्षमा संयाेजककाे भुमिकामा रहेर जिम्मेवारी निर्वाह गरेको अनुभव र विगतको साँगठनिक अनुभवले अब बाँके जिल्लामा विद्यार्थी हक, अधिकार र सामाजिक परिवर्तनमा आफुले विधि परिधिभित्र रहेर काम गर्ने बताउनु भयो । 

उहाँ संयाेजक भएकै समयमा अनेरास्ववियुले बाँके जिल्लामा ५ वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा ३ वटामा अध्यक्षसहित बहुमत र एउटा क्याम्पसमा अध्यक्षबाहेक बहुमतसहित निर्वाचित भएका छन् ।