Banner
Banner

 

नेपालगञ्ज । नेपाल ट्रेड युनियन कांग्रेस बाँकेको कार्यबाहक अध्यक्षको जिम्मेवारी तोजेन्द्र विकलाई दिइएको छ । 

नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्लको अध्यक्षतामा शुक्रबार बसेको बैठकले विकलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

अध्यक्ष मल्लले राजनीतिक र व्यक्तिगत व्यस्थताका कारण विकलाई कार्यबाहक जिम्मेवारी दिने बारेमा बैठकमा प्रस्ताव पेश गर्नु भएको थियो ।

कार्यसमिति बैठकले नेपाल ट्रेड युनियन कांग्रेस बाँकेको खुला तर्फका उपाध्यक्ष विकलाई कार्यबाहक अध्यक्षको रुपमा जिम्मेवारी दिने निर्णय गरेको थियो ।

यसैगरी नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले आगामी फागुन १५ देखि २५ गतेसम्म प्रशिक्षण-संवाद कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश, स्थानीय तह र जिल्ला तहका ट्रेड युनियन आवद्ध श्रमिक र जनप्रतिनिधिहरुसँग प्रशिक्षण-संवाद कार्यक्रम गर्ने निर्णय गरेको कार्यबाहक अध्यक्ष विकले बताउनुभयो ।