Banner
Banner

 

नेपालगन्ज । नेपालगन्जमा बिहीवार देखि अत्याधुनिक लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ सञ्चालनमा आएको छ । बिहीवार एक कार्यक्रमका बीच सिने हलको उद्घाटन भएको हो । उद्घाटनका अवसरमा पत्रकार सम्मेलन गरेर हलबारे जानकारी गराइएको थियो ।

बिहीवार पहिलो दिन निःशुल्क फिल्म समेत देखाइएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरमा निर्माण भएको हलमा शुक्रवारदेखि सर्वसाधारणले फिल्म हेर्न पाउने भएका छन् ।

नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउण्ड सिस्टम र बार्को कम्पनीको लेटेस्ट प्रोजेक्शन’मा आधारित ३ वटा स्क्रिन भएको सिने रोयलको दुई वटा हल २ सय ५० र २ सय ५० क्षमताको तथा तेस्रो हल १ सय ५० सिट क्षमताको रहेको ‘सिने रोयल’का प्रबन्ध निर्देशक डा. राहुल थापाले बताउनुभयो ।

२५ करोड लागतमा अत्याधुनिक सिनेमा हल निर्माण गरिएको छ यसले थप नेपालगन्जवासीलाई हौसला तथा मनोरञ्जन प्रदान गरिने प्रबन्धक थापाले बताउनुभयो । अत्याधुनिक साउण्ड सिस्टम जोडिएको हल हेर्न बिहीवारदेखि नै स्थानियवासीको भिड लागेको थियो ।

प्रेस विज्ञप्ती

तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमा हल सिनेरोयलले सबै चलचित्र प्रेमीहरूका लागि ढोका खोलेको छ र यसले नेपालका सिनेमा घरहरूप्रतिको वर्तमान धारणालाई परिवर्तन गरेको छ । अत्याधुनिक प्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ ।

३ ओटा ऑडिटोरियममा ५६० सीटहरूको साथ, सिनेरोयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट बेजोड नमुना पनि हो । अत्याधुनिक प्रविधि र परिष्कृत आरामदायी अनुभव प्रदान गर्दै राष्ट्रिय गौरवको परियोजना निर्माण गर्दै नेपाललाई आधुनिक सिनेमा थिएटरको लक्जरीपूर्ण अनुभव अन्तर्राष्ट्रिय मानचित्रमा ल्याएको छ ।

गतिशील, दूरदर्शी र प्रेरणादायी युवा डा. राहुल थापाको वर्षौंको अनुसन्धान र मेहनतको परिणामको रुपमा यो रंगमञ्चलाई लिन सकिन्छ । संयुक्त राज्य अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टम रहेको छ । सबै अडिटोरियमहरूमा प्रक्षेपण प्रणाली बेल्जियमबाट २०,००० लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट  ३ बीम गेट–डी थ्री डी प्रणालीको साथ छन्, जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्दछ ।

नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । थिएटरले आफ्ना सबै थिएटरहरूमा रिक्लाइनर, लाउन्जर र स्लाइडर सीटहरूको आरामदायी मिश्रण प्रदान गर्दछ । यहाँ उपलब्ध स्वादिलो खाना अमेरिका देखि भित्रयाइएका अग्रेणी टेक्नोलोजीबाट निर्मित एक पूर्ण बिजुली पर्यावरण–अनुकूल भान्सामा, घरमा जस्तै तयार हुन्छ । जुन निकै नै फ्रेश तथा स्वादिलो रहेको छ । 

सिनेरोयलले अत्याधुनिक अग्नि सुरक्षा प्रणाली र पूर्ण रूपमा अग्नि–प्रतिरोधी अडिटोरियमहरूको साथ सबै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पालना गर्दछ । थिएटरले नेपालको पहिलो स्वचालित जीडीसी थिएटर व्यवस्थापन प्रणाली पनि प्रयोग गर्दछ जसले मल्टिप्लेक्समा केन्द्रीकृत नियन्त्रण सुनिश्चित गर्दछ ।

सिनेमा अनुभवको पुनरुत्थानको प्रतिज्ञा गर्दै, सिनेरोयलले वास्तवमै देशको चलचित्र प्रदर्शनी उद्योगमा एक नयाँ बेन्चमार्क सेट गरेको छ, जसले चलचित्र दर्शकहरूलाई उनीहरूले कहिल्यै नबिर्सने अनुभवको आभाष छोडेका छन् । यस थिएटरको उद्देश्य भारतका चलचित्र प्रेमीहरूलाई पनि आकर्षित गर्नु हो र यसले निश्चित रूपमा पर्यटनमा योगदान पु¥याउनेछ, जहाँ सीमा पार बस्ने चलचित्र प्रेमीहरू समेत यस असाधारण चलचित्र अवलोकन यात्राको एक हिस्सा हुने हाम्रो बिशवास रहेको छ ।