Banner
Banner

 

काठमाडौँ । धेरै समयसम्म मोवाइल हेर्दा बालबालिकाहरुको खानपान,गृहकार्य गर्ने समय, खेल्ने, निदाउने तालिका बिग्रिनुका साथै उनीहरुमा बेचैनी बढ्दै जाने गरेको पाइएको छ ।

लामो समयसम्म लगातार ४/५ घण्टासम्म बालबालिकाले मोबाइल हेर्दा भविष्यमा घातक हुन सक्छ । बच्चाहरु धेरै मोबाइलको सम्पर्कमा भए भने सही तरिकाले मानसिक विकास हुन पाउँदैन, यसले मस्तिष्क कमजोर बन्न सक्छ । यस्तै, मोबाइलबाट निस्कने रेडियो तरंगले दिमागमा गहिरो प्रभाव पार्न सक्ने चिकित्सकहरुको भनाई छ ।

 

यसरी लामो समयसम्म मोबाइलमा झुन्डिएर बस्दा बालबालिकाहरु घर बाहिर निस्किदैनन् । खेलकुदमा रुची राख्दैननन्, जसले गर्दा घुलमिल तथा सामाजिक बन्न भविष्यमा समस्या पर्दछ । यस्तै, शारीरिक विकासमा असर पर्नुका साथै मोटोपन, मधुमेह, स्क्रिनले आँखामा सोझो असर गर्न सक्दछ ।

६ वर्ष मुनिका बालबालिकाले दैनिक ४/५ घण्टा मोबाइल अर्थात् स्क्रिन हेरेमा वृद्धि विकास, सामाजिक विकास र बोली अनि भाषाको विकासमा धेरै नराम्रो असर पर्दछ ।